नेशनल मेडिकल कलेजमा होली मिलन कार्यक्रम सम्पन्न

 

पर्सा फागुन २९

Advertisement

 

नेशनल मेडिकल कलेजमा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ। रंग र उमंगको चाड होलीलाई अवसरका रूपमा उपयोग गर्दै कलेजले विशेष कार्यक्रमको आयोजना गरेको हो।

Advertisement

कार्यक्रमको अध्यक्षता नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक ईसरत जहाँ अन्सारीले गरेका थिए।
प्रमुख अतिथि नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल कि निर्देशक डा.रुबी श्रेष्ठ यासमिनले कार्यक्रमको औपचारिक उद्घाटन गरेको थियो ।

समारोहमा वक्ताहरूले होली पर्वको महत्वका साथै अस्पतालमा अहोरात सेवा गर्दै क्षेत्रको खटी यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमले पुर्‍याउने योगदानबारे चर्चा गरे। प्रमुख अतिथि डा.रुबी श्रेष्ठ यासमिनले सहकार्य र आपसी एकताको भावनालाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै एस क्षेत्रको सुदृढीकरणका लागि सबै पक्षहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए।

Advertisement

अस्पताल निर्देशक अन्सारीले होली मिलन कार्यक्रमले अस्पतालको कर्मचारी क्षेत्रमा संलग्न व्यक्तिहरूलाई नजिक ल्याउने बताउँदै आगामी दिनमा अस्पताल अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए। उनले क्रमचारीहरूबीच आपसी समन्वय र समझदारी बढाउने यस्ता अवसरहरूले संस्थागत विकासमा सकारात्मक प्रभाव पार्ने बताए।

कार्यक्रममा विभिन्न रंगै रंग समेत समावेश गरिएको थियो। सहभागीहरूले आपसमा रंगहरू आदान-प्रदान गर्दै आपसी मेलमिलाप र सद्भावको सन्देश प्रवाह गरे।

समारोहका अन्त्यमा आयोजक टोलीले उपस्थित सम्पूर्ण क्रचारीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्‍यो।
यसरी, नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालद्वारा आयोजित होली मिलन कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भयो।

कार्यक्रममा विभिन्न बिभागका कर्मचारी हरुको उल्लेखनीय उपस्थिति रहेको थियो।