वीरगञ्जको हिलिङ टच स्पा एन्ड सलोन द्वारा बाल सुधार गृहमा होलीको महोत्सव

 

अभिलाष गुप्ता
फाल्गुन २९ वीरगञ्ज

Advertisement

वीरगञ्ज स्थित बाल सुधार गृहमा पहिलो पटक होली पर्वको रौनक छाएको छ । वीरगञ्जको हिलिङ टच स्पा एन्ड सलोनको आयोजनामा आज त्यहाँ रहेका बालबालिकाहरूले रङ्गहरूको पर्व होली मनाएका छन् । कार्यक्रम बाल सुधार गृहको इतिहासमै पहिलो पटक आयोजना गरिएको आयोजकले दाबी गरेका छन् ।कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको विशेष उपस्थिति रहेको थियो ।

सिडिओ अर्याल र एसपी मिश्रले बाल सुधार गृहमा रहेका बालबालिकाहरूसँग होलीको शुभकामना साटासाट गरेका थिए । आयोजक हिलिङ टच स्पा एन्ड सलोनका सञ्चालक रोशन गुप्ताका अनुसार बालबालिकाहरूले रङ्गहरू खेलेर रमाइलो गर्नुका साथै एक अर्कासँग खुसी बाँडेका थिए । बाल सुधार गृहका बालबालिकाहरूलाई होली पर्वको अनुभव गराउन र उनीहरूको जीवनमा केही रङ्ग भर्ने प्रयास गरेका हौँ।यो पहिलो प्रयास हो र हामीले यहाँका बालबालिकाहरूको अनुहारमा देखिएको खुसीले हामीलाई थप प्रेरणा दिएको छ ।कार्यक्रममा बोल्दै सिडिओ अर्यालले बालबालिकाहरूलाई होलीको महत्वबारे बताउँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरे । त्यस्तै, एसपी मिश्रले यस्ता कार्यक्रमले बालबालिकाहरूको मनोबल बढाउन र समाजसँग जोड्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

Advertisement

कार्यक्रममा अन्य विशिष्ट व्यक्तिहरू र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो । उपस्थित सबैले बालबालिकाहरूसँगै रङ्ग खेलेर होलीको आनन्द लिएका थिए । कार्यक्रमले बाल सुधार गृहमा रहेका बालबालिकाहरूलाई समाजको एक हिस्सा भएको अनुभूति गराउन सफल भएको आयोजकको दाबी छ ।पहलले बाल सुधार गृहमा रहेका बालबालिकाहरूलाई सामाजिक पर्वहरूको अनुभव गराउनुका साथै उनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

 

Advertisement