वीरगंजमा पनि विश्व उपभोक्ता दिवस २०८१ विभिन्न कार्यक्रम गरि मनाईयो

 

अभिलाष गुप्ता
चैत ०२ बिरगंज

Advertisement

 

वीरगंजमा पनि विश्व उपभोक्ता दिवस २०८१ मनाइएको छ ।
उपभोक्ता संरक्षणको दिगो आधार भन्ने मुल नाराका साथ
आज शनिबार वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग बिभाग वीरगंज पर्सा र वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज पर्साको संयुक्त आयोजनामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

उक्त कार्यक्रमको प्रमुख अतिथि पर्सा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशान्त राज गौतमको आतिथ्यमा एवम् उद्योग बिभाग वीरगंजका प्रमुख रिमा साहको अध्यक्षता सम्पन्न भएको थियो ।

कार्यक्रममा वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका प्रमुख सुनिल चौरसियाले उपभोक्ताले समान खरिद गर्दा वा उपभोग गर्दा ध्यान दिनुपर्ने सावधानीको बारे चर्चा गरेका थिए । उनले स्वास्थय संग खेलवाड गर्ने उद्योगी तथा उत्पादकलाई हुने कानुनी कारवाही र दण्ड सजायको बारेमा समेत जानकारी गराएका थिए ।

Advertisement

अर्का उपभोक्ता हकहित संरक्षण मञ्चका पर्सा उपाध्यक्ष अजित भुजेलले बजार अनुगमन पश्चात हुने दण्ड जरिवानालाई पारदर्शी बनाउन सुझाव दिए । उनले उपभोक्ता अदालत गठनबारे जानकारी दिदै बजार अनुगमनको क्रममा देखिएका कमी कमजोरीलाई सुधार गर्न सुझाव दिए ।उनले बिगतमा भएका अनुगमनका क्रममा बिभिन्न शंका उपशंका देखा परेकोले अगामी दिनमा त्यसलाई पारदर्शी तरिकाले संचालन गर्न आग्रह गरेका थिए ।

कार्यक्रमा कालिकामाई गाँउपालिका उपप्रमुख राजमती देवी ,वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारी, बरिष्ठ उपाध्यक्ष हरी गौतम,उपाध्यक्ष माधवराजपाल, पोखरीया नगरपालिकाका प्रमुख प्रशासनकिय अधिकृत बिनय श्रीवास्तव, सशस्त्र प्रहरीका डिएसपी महेन्द्र सिंह धामी लगायत उपभोक्ता,संचारकर्मीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका प्रमुख सुनिल चौरसियाले गरेका थिए ।