मुस्लिम व्रतालुहरुको लागी १०० प्याकेट इफतार वितरण कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
चैत ०४ बिरगंज

Advertisement

बिरगंज महानगरपालिका वडा नम्बर २ स्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाको आयोजना तथा फोर जि. आरको विशेष सहयोगमा मुस्लिम सामुदायको महान पर्व रोजाको शुभ अवसरमा मुस्लिम व्रतालुहरुको लागी १०० प्याकेट इफतार वितरण कार्यक्रम गरिएको हो भनी सामुदायिक प्रहरी सेवा छपकैयाका अध्यक्ष हाजी गयासुदिन ठकुराईले जानकारी गराएका थिए।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सो बितरण कार्यक्रम सम्पन्न भएको हो।उक्त कार्यक्रममा फोर जि. आरको अध्यक्ष नूतन मल्ल,अस्तुती सरावगीको प्रमुख अथितिमा एवं सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको अध्यक्ष हाजी गयासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न भएको हो।

Advertisement

अध्यक्ष हाजी गयासुदिन ठकुराईका अनुसार मुस्लिम सामुदायका महान पर्व रोजाको शुभ अवसरमा प्रभावित सामाजिक उतरदायित्व अन्तर्गत यस प्रकारका राहत कार्यले गरिब तथा बिपन्न परिवारका सदस्यहरु लाई केही हद सम्म सामना गर्न मद्दत पुग्ने उनले बताएका थिए।एवम् सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका सदस्य,ज्याहुल ह्क,कोषाध्यक्ष प्रेम कुमारी सिंह,स-सचिव मदन गुप्ता,वरिष्ठ उपाध्यक्ष अब्दुल हक, बृज भूषण पाण्डे,शिव संकर पन्डित,सोलाजिम मिया लगाएतकाहरुको पनि उपस्थिति रहेको थियो।

Advertisement