वडा स्वास्थ्य चौकी भवन निर्माण सुरु, नगर प्रमुखद्धारा शिलान्यास

नागरिक न्युज डेस्क,चैत्र ०६ पर्सा । वीरगञ्ज महानगरपालिका – २७ मा वडा स्वास्थ्य चौकीको भवन निर्माण कार्य सुरु भएको छ। १ करोड ४२ लाख ८ हजार ५ सय ५४ रुपैयाँको लागतमा निर्माण हुन लागेको भवनको ठेक्का सिनाया कन्स्ट्रक्सनले लिएको छ। सम्झौता अनुसार भवन निर्माण कार्य २०८२ असार १५ गतेसम्म सम्पन्न गर्नुपर्ने जनाइएको छ। भवनको शिलान्यास वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका छन्। शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णसहित स्थानीय युवा, बुद्धिजीवी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। स्वास्थ्य चौकी भवन निर्माणले स्थानीयवासीलाई स्वास्थ्य सेवामा थप सुविधा पुग्ने विश्वास गरिएको छ।

Advertisement