अहिले प्रधानमन्त्रीको रेसमा आफू नरहेको- अध्यक्ष दाहाल

नागरिक न्युज डेस्क,०८ चैत्र,वीरगञ्ज ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रधानमन्त्रीको रेसमा आफू नरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको तराई मधेस जागरण अभियानमा वीरगन्ज आएका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा २०८४ सम्म प्रधानमन्त्री बन्ने रेसमा नरहेको बताएका हुन् ।उनले सरकारमा हुँदा एउटा र सरकार बाहिर हुँदा अर्को भन्ने आरोप माओवादीलाई मेल नखाने बताए ।

Advertisement

May be an image of 1 person, studying and text that says 'AONPIBLESOIOOK KHoou BRIGHT +2 COLLEGE MANAGEMENT & SCIENCE Ignite, Innovate, Inspire and Success DATE SEE ROUTINE 2081 EXAM TIME A to 11 AM (REGULAR) SUBJECT DAY Chaitra 7 Chaitra 8 Thursday Friday Com. English Chaitra 10 Sunday Com. Com.Nepali Nepali Chaitra 12 Com. .Mathematic Tuesday Chaitra 13 Com. Science Wednesday Chaitra 14 Thursday Com. Social Studies Chaitra 15 Optional 1st Friday Optional 2nd SEE 2081 will start from Chaitra 7 9802593401, 9802593403,9855026252 9855026252 9802593403,9 Ghantaghar- 9. Birgunj, Parsa (Near the C.D.0 Office)'

आर्थिक विकासका लागि गति दिने काम सरकारमा हुँदा गरेको जनाउदै उनले भ्रष्टाचारीहरुलाई कारवाही गर्नुपर्छ सुशासन ल्याउनुपर्छ भनेर सरकार बाहिर हुँदा पनि भन्दै आएकोले सरकार बाहिर र सरकारमा हुँदा माओवादी एउटै रहेको बताए । ओली नेतृत्वको सरकारको काम भ्रष्टाचार गर्ने, वेथिति गर्ने, नराम्रा गर्नेहरुलाई पुरस्कृत गर्ने काम गरेको छ ।राम्रा काम गर्नेहरुलाई भने हतोत्साहित बनाउने काम मात्रै गरेको बताए । त्यसअघि भएको नागरिक संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले वीरगञ्जको विकास तथा समग्र देशमा देखिएको स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा सुशासनको विषयमा पनि जनताको साथ आवश्यक भएकोले जागरण अभियानमा जनतसँग साथ खोज्दै आएको बताए ।उनले नेकपा माओवादीले संविधान निर्माणकै क्रममा दशबर्षमा संविधानको समिक्षा गर्ने र परिमार्जन गर्ने विषय स्पष्ट राख्दै आएको बताउदै अब संविधान निर्माणको दश बर्ष पुग्न लागेकोले यसको समिक्षा सहित परिमार्जन आवश्यक रहेको बताए । तर, त्यसको लागि जनताकै साथ आवश्यक रहेकोले पार्टीले हुलाकी सडक केन्द्रीत तराई मधेस जागरण अभियान शुरु गरेको र तत्काल मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान पनि सुरु गर्ने बताए ।वीरगञ्जको पानीटंकी स्थित डायमण्ड पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा नागरिक समाजका तर्फबाट विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नागरिकका समस्या, र सुझावहरु राखेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय पदाधिकारी, मधेस प्रदेशका केन्द्रीय सदस्यहरु, जिल्ला इञ्चार्ज तथा पार्टीका विभिन्न तहका नेता कार्यकर्ता तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

Advertisement