आज विश्व पानी दिवस

नागरिक न्युज डेस्क,०९ चैत्र, वीरगञ्ज : ‘हिमनदी संरक्षण’ मूल नाराका साथ शनिबार विश्वभर पानी दिवस मनाइँदैछ। बढ्दो शहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी संकट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्वास लिइएको छ।May be an image of 1 person, studying and text that says 'AONPIBLESOIOOK KHoou BRIGHT +2 COLLEGE MANAGEMENT & SCIENCE Ignite, Innovate, Inspire and Success DATE SEE ROUTINE 2081 EXAM TIME A to 11 AM (REGULAR) SUBJECT DAY Chaitra 7 Chaitra 8 Thursday Friday Com. English Chaitra 10 Sunday Com. Com.Nepali Nepali Chaitra 12 Com. .Mathematic Tuesday Chaitra 13 Com. Science Wednesday Chaitra 14 Thursday Com. Social Studies Chaitra 15 Optional 1st Friday Optional 2nd SEE 2081 will start from Chaitra 7 9802593401, 9802593403,9855026252 9855026252 9802593403,9 Ghantaghar- 9. Birgunj, Parsa (Near the C.D.0 Office)'पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यो वर्ष पानी दिवसको मूल नारा नै ‘हिमनदीको संरक्षण’ राखिएको छ।सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्त्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो। सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग गर्दै आएको छ।संसारभर कुल ९७.५ प्रतिशत पानी समुद्रको रहेको छ । त्यो पानी नुनिलो भएकाले पिउन, सिँचाइ र विद्युत् उत्पादनको लागिसमेत प्रयोग गर्न मिल्दैन। पानीको सदुपयोग गर्न नसक्दा संसारभर समस्या बढ्दै गएको छ । अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्थाका अनुसार प्रत्येक वर्ष एकजनाका लागि नौ हजार घनमिटर पानीको आवश्यकता पर्छ।संसारभर उपलब्ध पानीमध्ये २.५ प्रतिशतमात्र पिउनयोग्य उपलब्ध छ । मूल, खोला, नदी, हिमनदीबाट उपलब्ध हुने पानी नै मानवीय प्रयोगका लागि उपयुक्त छ । पृथ्वीको उत्तरी तथा दक्षिणी ध्रुवमा उपलब्ध हुने पानी मानवीय उपभोगका लागि योग्य मानिएको छ ।संसारभर १३ खर्ब ८६ अर्ब वर्गकिलोमिटर क्षेत्रमा पानी रहेको बताइन्छ। औद्योगिक राष्ट्रको कहालीलाग्दो औद्योगीकरण, जलवायु परिवर्तन र तापमान वृद्धिका कारण पानीको परम्परागत मूल सुक्दै गएका छन् । पछिल्ला वर्षमा हिमनदी सुक्दै गएका छन् भने विश्वका करिब एक अर्ब मानिस पानीको समस्यामा छन्।संयुक्त राष्ट्रसङ्घका अनुसार ४० देखि ६० प्रतिशत पानी चुहावट र दुरुपयोग हुने गरेको छ। विश्वभर रहेका सात अर्ब बढी मानिस २५ लिटरका दरले मात्रै पानी उपलब्ध गराउने हो भने एक खर्ब ७५ अर्ब लिटर पानी आपूर्ति गर्नुपर्ने हुन्छ।

Advertisement