राजेन्द्र सिंह,चैत्र ०९ गते बारा । किरण आँखा अस्पतालको आयोजनामा जिल्ला प्रहरी कार्यालय बारामा आँखा शिबिर सम्पन्न भएको छ । शिबिरको बारा प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक सन्तोष तामाङले उद्घाटन गर्नु भयो ।
किरण आँखा अस्पतालले आयोजना गर्ने नियमित शिबिर जस्तै यहा पनि ९५ जनाको सुरक्षाकर्मीको आँखा परिक्षण गरिएको फिल्ड ईन्चार्ज आरती गुप्ताले जानकारी दिनु भयो । शिबिरमा प्रहरी नायव उपरिक्षक बिजयराज पंण्डित, प्रहरी निरिक्षक बालराम श्रेष्ठ, दिलिप कुमार थापा, रादेश कुमार खत्रीलगायत ९५ जनाको आँखा परिक्षण गरिएको हो ।
अस्पतालका तर्फबाट आँखा बिशेषज्ञ टोलिमा ज्योती कर्ण,मुस्कान गुप्ता,गुडिया महतो,रामबाबु चौरसियाले प्राबिधिक सहयोग गरेका थिए । सुरक्षाकर्मीको आँखामा समान्य एलर्जी मात्र देखिएको र उमेरका कारण लगाउनु पर्ने दुरी तथा निजदिकी स्पष्ट देखिने चसमा अवश्यक रहेको किरण आँखा अस्पतलका संचालक वरिष्ठ नेत्ररोग बिशेषज्ञ डा अमर क्यालले जानकारी दिनु भयो । निशुल्क शिबिरमा औषत्री पनि बितरण गरिएको अस्पतालका संचालक डा क्यालले जानकारी दिनु भयो



















प्रतिक्रिया