वीरगञ्ज । यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि ४ सय ७ जनाको उम्मेदवारी परेको छ ।निर्वाचन आयोगले आइतबार प्रकाशन गरेको विज्ञप्ति अनुसार साँझ ५ बजेसम्म ४ सय ७ जनाले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गरेका हुन् । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला र ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा १ जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ ।यसै गरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र १ अन्य गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ । साथै गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र अन्य १ गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको छ ।
उम्मेदवारको मनोनयन पत्र दर्ता भएका मध्ये सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका(१ को वडाध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम ९पूर्वी भाग०को पुथा उत्तरगंगा गाउँपालिका(२ को वडाध्यक्ष पद र बझाङको सुर्मा गाउँपालिका(४ को वडाध्यक्ष पदमा ३र३ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ ।उम्मेदवारको मनोनयन पत्र दर्ता भई सूची प्रकाशन भएपछि भोलि बिहान १० बजेदेखि अपराह्ण ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, ४ गते अपराह्न ५स्०० बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६स्०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।त्यसै गरी ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।यसरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि मङ्सिर १६ गते आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने छ ।
















प्रतिक्रिया