कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा अग्नी ग्रुप विजयी

अभिलास गुप्ता, ०५ मंसिर, पर्सा । आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा अग्नी ग्रुप विजयी भएको छ । बुधबार भएको खेलमा ६४ रनको लक्ष्यले पछ्याएको सुप्रीमले आफ्नो लक्ष्य पुरा गर्न नसक्दा ११ रनले अग्नी ग्रुप विजयी भएको हो ।आजको खेलको म्यान अफ दी म्याच अग्नी ग्रुपका बिक्रम साह घोषित भएका छन।


प्रतियोगिता लायन्स क्लब अफ वीरगञ्ज परिवार एवम् स्पोटर्स एकेडेको संयुक्त आयोजनामा हुने प्रतियोगितामा वीरगञ्जको वाणिज्य बैंक, वीमा कम्पनी, विकास बैंक तथा औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिम सहभागी रहको लायन्स क्लब अफ वीरगञ्ज परिवारका नरोतम पाण्डेले जानकारी दिनुभयो ।

Advertisement