र्मसिर ०७, पर्सा । विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा मार हान्ने हतियार खुल्ला रूपमा प्रदर्शन गर्न वा बोक्न नपाइने भएको छ ।जिल्ला प्रशासन कार्यालय बाराले शुक्रवार एक सूचना जारी गर्दै मार हान्ने हतियार खुल्ला रूपमा प्रदर्शन गर्न वा बोक्न रोक लगाएको हो ।कुनै पनि व्यक्ति/मारकले बलीका लागि मार हान्न प्रयोग हुने हतियारहरू तरबार, खुँडा, खुकुरी, चक्कु जस्ता हतियारलाई खुल्ला रूपमा प्रदर्शन गर्न, बोक्न नपाइने सूचनामा भनिएको छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीद्वारा जारी सूचनाको अवज्ञा गरेको पाइएमा हतियार जफत गरी त्यस्ता व्यक्ति उपर प्रचलित कानुन बमोजिम कारबाही हुने पनि सूचनामार्फत चेतावनी दिइएको छ ।





















प्रतिक्रिया