सुडानी शरणार्थी शिविरमा विद्रोहीको आक्रमण, ४०० जनाको मृत्यु

नागरिक न्युज डेस्क, बैशाख २,  काठमाडौं  : सुडानको एक शरणार्थी शिविरमा विद्रोही समूहले गरेको आक्रमणमा ४०० भन्दा बढीको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघका अनुसार विद्रोही समूह र् यापिड सपोर्ट फोर्स आरएसएफले शरणार्थी शिविरमा आक्रमण गरेको हो।May be a graphic of 8 people, people studying and text that says 'RREEPILESCHOCL BRIGHT PUBLIC SCHOOL Ignite, Innovate, Inspire and Sucoess ADMISSION OPEN For New Session 2082 "THE BEST GUIDANCE FOR YOUR KIDS" Your Child Deserves the Best ! Admission Open for PG, Nursery to 9. ENAOLL ENAOLLNOW NOW Entrance Date Chaitra, 30 Saturday 7:00 AM 9802593401. 9802593403,9855026252 9802593403,9 3,9855026252 Ghantagha 9, Birgunj, Parsa [Near the C.D.0 Office)'विद्रोही समूहले डार्फरको जमजम र अबशोक नामका दुई शिविरमा नियोजित ढंगबाट आक्रमण गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ। मृत्यु हुनेमा ठूलो संख्यामा बालबालिका सहित राहत र उद्धारकर्मी समेत छन्। गत हप्ता पनि यो समूहले अल–फशर शहर नजिक रहेका विभिन्न शरणार्थी शिविरमा स्थल र हवाई आक्रमण गरेको थियो। जसमा एकसयभन्दा बढीको मृत्यु भएको थियो। सुडानमा विद्रोही समूह आरएसएफ र सुडानी सेनाबीच डार्फर कब्जाका लागि युद्ध जारी छ। यहाँ सन् २०२३ को अप्रिल १५ देखि सत्तालाई लिएर रक्तपातपूर्ण युद्ध चलिरहेको छ। गृहयुद्धको दुई वर्ष पूरा हुँदा हालसम्म एक लाख ५० हजारभन्दा बढी मानिस मारिएको आशंका छ। संयुक्त राष्ट्र संघका अनुसार जारी गृहयुद्धमा १ करोड २४ लाख मानिस विस्थापित भएका छन्।

Advertisement