नागरिक न्युज डेस्क, बैशाख ०३ पर्सा : नेपाल पत्रकार महासंघ पर्साले प्रमुख जिल्ला अधिकारीसंग मगंलबार पत्रकार उपर भएको घटनाको बारेमा ध्यानाकर्षण गराएको छ । नेपाल पत्रकार महासंघका पर्सा अध्यक्ष ओमप्रकाश खनाल सहितको टोलिले संयुक्तरुपमा कुराकानी तथा छलफल गरेको हो ।
महासंघका सचिव बिजय महतोले लिखितरुपमा प्र.जि.अ गणेश अर्याललाई ध्यानाकषर्ण पत्र प्रदान गर्नु भएको थियो । टोलिमा महिला उपाध्यक्ष निलिमा पौडेल,कोषाध्यक्ष संजिव कुमार मिश्रलगायतको सहभागीता रहेको थियो । मंलबार साँझ जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शकारीको ढुङगा लागि पत्रकार अर्जुन गुप्ता । अनिल ओझ घाईते भएका थिए । प्र.जि.अ अर्याले घाईते पत्रकारहरुको स्वास्थ्य लाभको कामना गर्नु भएको छ । यसै बिच मधेशी पत्रकार समाजले एक बिज्ञप्ती मार्फत हिजो घटनाको निन्दा गरेको छ । समाजका मधेश प्रदेश उपाध्यक्ष मनोज कुमार मिश्रले जारी गरेको बिज्ञप्तीमा समाचार संकलनको क्रममा भएको घटनामा राज्य संचारकर्मीको सुरक्षामा गम्भीर नरहेको भनिएको छ । यस प्रकारको गतिबिधि नरोकिए पेशागत रक्षाका लागि आन्दोलनमा जाने उपाध्यक्ष मिश्रले चेतावनी दिएका छन ।




















प्रतिक्रिया