दलित महिला संघ पर्सा द्वारा प्रदेश स्तरीय महिला संजाल संगको २ दिने छलफल कार्यक्रमको उदघाटन सत्र सम्पन्न

लालबाबु सिंह, नागरिक संवाददाता, बैशाख ०३, पर्सा :  दलित महिला संघ पर्साले महिलाको नेतृत्वको लागि अभियान नारा सहित २ दिने प्रदेश स्तरीय महिला संजाल संगको छलफल कार्यक्रमको आयोजना शुभारम्भ गरेको छ । वीरगन्ज स्थित होटेल वीरगन्ज गेटवेमा आयोजित २ दिने छलफल कार्यक्रमको प्रदेश सभासदस्य बिना शर्माले बैनर पढी समुदघाटन गरेका हुन ।

दलित महिला संघ पर्साका कोषाध्यक्ष वीरगन्ज -३ का वडासदस्य संगीता दासको अध्यक्षतामा सम्पन्न समुदघाटन सत्रका बिशिस्ट अतिथीहरु राष्ट्रिय दलित पत्रकार महासंघका केन्द्रिय सदस्य बृलाल पासवान र नेपाल दलित संघका कार्यकारी निर्देशक एवं चमार कल्याण संघका अध्यक्ष प्रशिक्षक जादोलाल चमार, अतिथिहरुमा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,भिम आर्मिका केन्द्रिय संयोजक सुनिल चमार,अखिल नेपाल महिला संघका इन्दु घिमिरे सन्चारकर्मिहरु अभिलाश गुप्ता,अर्जुन चौधरी,प्रहलाद चौरसिया लगायत मधेश प्रदेशको ८ वटै जिल्ला का ८ जना दलित महिला कार्यपालिका सदस्य एवं ८ वटै जिल्लाका दलित अगुवा महिलाहरु २७ जना गरी ३५ जनाको सहभागिता रहेको दलित महिला संघ पर्साका संस्थापक अध्यक्ष निला कुमारी रामले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि सभासद शर्माले महिलाहरुले आफ्नो हक हित भिख मागे सरि माग्ने हैन कि अबको समय छिन्नु पर्छ ,आफुहरुले जो जो महिला सक्षम छन उनिहरुलाइ अगाडि बढाउनु पर्दछ र एकताबद्ध भएर निर्णायक स्थानमा पुग्नु पर्दछ र यो नै आजको आवश्यकता भएको मा जोड दिदै कहि कतै कुनै महिला माथी दलित भएको वा कुनै कारणले भेदभाव गरि दुख पीडा दिरहेको छ भने मलाइ पनि खबर गर्नुस म पनी तपाई संगै गएर पिडित लाई न्याय दिलाउछु भन्दै प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रमका सहजीकरण गरिरहेका दलित महिला संघका संस्थापक अध्यक्ष निला कुमारी रामले महिलाले आफ्नो शक्ति थाहा नपाउदा शासकहरुले विभिन्न बहाना बनाएर भेदभाव गरि कमजोर बनाइ रहेकोले दलित महिलाको साथै महिलाहरुको सामाजिक ,आर्थिक सशक्तीकरण सहित संविधान प्रदत्त सबै हक अधिकारहरुको संरक्षण एवं सम्बर्द्धन गर्न जातिय र लैङ्गिक भेदभाव विरुद्ध हामी सबै एकजुट भएर अब को पालो महिलाको अर्थात महिलाको नेतृत्वको लागि अभियान को मुल नारा आत्मसात गर्न नै यो कार्यक्रमको आयोजना गरिएको र यस्ले हाम्रा दलित महिलाहरुको साथै सम्पुर्ण महिलालाइ एकसुत्रमा बाधेर आगामी दिनमा निर्णायक स्थानहरुमा पुर्याउने प्रण र लक्ष्य सम्म पुर्याइ हाम्रो महिला,परिवार,समाज र देशको मुहार नै फेर्ने बताउनु भयो ।
२ दिने छलफल कार्यक्रममा पहिलो दिन प्रशिक्षक भोला पासवानले दलित महिलाहरुको साथै महिलाहरुको हकहित अधिकार बारे प्रशिक्षण प्रदान गरेका थिए भने स्वागत मन्तव्य संघ का कोशाध्यक्ष संगीता दासले गरेकी थिइन्।

Advertisement