लालबाबु सिंह, नागरिक सम्वाददाता,४बैशाख पर्सा :वीरगञ्ज जेसिजले सप्ताहव्यापी कार्यक्रम २०२५ अन्तर्गत बिहीबार वीरगन्जको घडियर्वामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना सुसम्पन्न गरेको छ । सो निशुल्क स्वास्थ्य शिविरमा १७५ जनाको रक्तचाप तथा मधुमेह (सुगर) रोगको वृद्ध ,महिला,युवाहरुले सेवा लाभ लिएका हुन । शिविरमा एभरग्रिन नर्सिङ कलेज र नेपाल फर्मास्युटिकल्स एशोसियनले प्राविधिक सहयोग गरेका थिए।
वीरगन्ज जेसिज २०२५ का अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज जेसिजका पूर्व अध्यक्षहरु मधु राणा, उषा शाह, सन्तोष खनाल, निशान्त लामिछाने, गणेशमान श्रेष्ठ, डा. अरविन्द श्रेष्ठ ,सामाजिक अभियन्ता प्रकाश थारु ,लगायत स्थानीय अग्रज,महिला युवाहरुको सहभागिता रहेको थियो।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वीरगन्ज जेसिजले यसअघि वीरगन्जका स्थानीय कलाकारहरुलाई सम्मानित गर्नुका साथै वीरगन्ज पब्लिक कलेजका ४० जना छात्रछात्रालाई जेसिज अभियानसम्बन्धी उत्प्रेरणा तालिम प्रदान गरिएकोको अध्यक्ष चौरसियाले जानकारी दिए।



















प्रतिक्रिया