लालबाबु सिंह,बैशाख १९ वीरगन्ज । लायन्स इंटरनेशनल डिस्ट्रिक्ट (३२२ई) को लायनिस्टिक वर्ष २०२५-२०२६ को नवनिर्वाचित क्याबिनेट कमिटिमा लायन्स क्लब रक्सौलका ७ सदस्यहरु प्रमुख पदमा चयनित भएका छन । लायन्स ईन्टरनेशनल डिस्ट्रीक ३२२ ई का नवनिर्वाचित गभर्नर प्रदिप खेतानको नेतृत्वमा लायनिस्टिक वर्ष को डिस्ट्रिक्ट चेयरपर्सनमा लायन शंभू प्रसाद चौरसिया लाइ जोनल चेयरपर्सन पदमा ,लायन नारायण रुंगटा सर्विस फॉर स्पेशली एबल्ड ,लायन पंकज बरनवाल रेन वाटर हार्वेस्टिंगमा मनोनीत गरिएको छ ।
त्यस्तै सह डिस्ट्रिक्ट चेयरपर्सनमा लायन बिमल सर्राफ लाइ इंडो नेपाल मीट,लायन पवन किशोर कुशवाहा पीस पोस्टर ,लायन सीमा बरनवाल पब्लिक स्पीकिंग एंड डिबेट र लायन मोहम्मद निजामुद्दीन लाइ ड्रिंकिंग वाटर प्रोजेक्ट मा मनोनीत गरिएको रक्सौल लायन्स क्लब का सचिव सह मीडिया संयोजक लायन बिमल सर्राफले जानकारी साझा गर्नु भयो साथै लायन्स क्लब ३२२ ई मा बिहार ,झारखण्ड र बङ्गालको केही क्षेत्र रहेको र यसमा १५० भन्दा बढी लायन्स क्लबहरु मध्ये रक्सौल बाट ७ जना लायन हरु मुख्य पदमा चुनिनु निकै हर्ष एवं गर्वको खबर हो र यसले लायन्स क्लब रक्सौल कमिटिमा व्यापक हर्ष एवं उत्साह फैलिएको र यसले सेवा कार्य अझ तिव्र एवं धेरै सुकार्य गर्ने हौसला प्रदान भएको बताउदै नवनिर्वाचित पदाधिकारीहरुलाइ रक्सौल लायस परिवार द्वारा बधाई एवं शुभकामना ब्यक्त गरेका थिए ।



















प्रतिक्रिया