वीरगञ्जमा प्रहरीहरुको तनाव व्यवस्थापन सम्बन्धि कार्यक्रम

लालबाबु सिंह, १ जेष्ठ वीरगञ्ज । वडा प्रहरी कार्यालय विर्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा जैन स्वेताम्बर तेरापन्थी सभा वीरगञ्जको सहयोगमा तनाव व्यवस्थापन सम्बन्धि कार्यक्रम वीरगन्जको जैन धर्मशालामा सभ्य एवं भव्य रुपले सम्पन्न गरिएको हो। कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रहरी निरीक्षक निरोज चौलागाई र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट सहित प्रहरीजन, अधिकृत एवं कर्मचारीहरू लगायत जैन स्वेताम्बर तेरापन्थी सभाका पदाधिकारी सदस्यहरुको बाक्लो सहभागिता रहेको थियो। सो कार्यक्रममा जैन धर्मगुरुहरूको मार्गदर्शनमा दैनिक डयुटी कार्य ,पारिवारिक जिम्मेवारी ,सामाजिक जिम्मेदारिता सम्बन्धि दवाबहरु लगायत तनाव व्यवस्थापनका विविध पक्षहरूबारेको बारेमा व्याख्यान सहित अभ्यास गराएर सो बाट उत्पन्न मानसिक तनाव कसरी सहज व्यवस्थापन गर्ने भन्ने विषयमा गुरुहरूले मार्गदर्शन दिएका थिए। सो अवसरमा प्र नि चौलागाईंले देश जनता समाजको साथ्सि परिवार र स्वयं आफ्नो पनि सुरक्षा देखरेख गर्नुपर्ने क्रममा निकै दवाब सिर्जना हुने गर्दछ जस्को उचित ब्यवस्थापन नगरिए हामी मानसिक र बिस्तारै शारीरिक रुपले कमजोर हुन पुग्ने खतरा हुन्छ , यस्तो प्रकारको मानसिक स्वास्थ्य केन्द्रित तालिमले प्रहरीको आफ्नो पेशागत जीवनमा सकरात्मक प्रभाव पार्ने र मानसिक रुपमा बलियो बनाएको बताए त आउने समयमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै जैन समाजको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।