अभिलाष गुप्ता
जिल्ला प्रशासन कार्यालय पर्साको प्राङ्गणमा भाडामा लगाइएको कोठाहरु खाली गराउन पत्र जारी गरेको छ । जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले आईतबार बाटै सटरहरु खाली गर्न पत्र जारी गरेका हुन्।
Advertisement
पत्रमा जनाइए अनुसार जिल्ला प्रशासन कार्यालयको मिति २०८१-०८-०७ गतेको निर्णयानुसार प्रशासन कार्यालयको प्राङ्गणमा रहेका सटरहरु भाडामा लगाइएकोमा हाल यस कार्यालयमा सेवाग्राहीहरूको अत्यधिक चाप रहने गरेको र नागरिक हरुलाई निर्वाध तथा सरलीकृत सेवा वितरणका लागि उक्त सटरहरु रहेका कोठाहरु यस कार्यालयको प्रयोगका लागि अत्यावश्यक हुन गएकोले सटरहरु भाडामा लगाउने सम्झौतामा भएको व्यवस्था बमोजिम आजैको मितिबाट लागू हुने गरी ३५ दिन भित्र सम्झौता बमोजिम बुझाउन बाँकी भाडा रकम दाखिला गरी सटर कोठा खाली गरिदिनु हुन भनिएको छ ।
जिल्ला प्रशासन कार्यलयले आफ्नो पाँच ओटा सटर कोठाहरु भाडामा लगाएका थिए जसमा अर्जेन्ट साईबर सटर नं. १ मा , फोटो फेस डिजिटल स्टुडियो -सटर नं २, फोटो फेस डिजिटल स्टुडियो सटर नं ३, न्यू क्वालिटी प्रिन्टर्स एण्ड नाईनल स्टाम्प, सटर नं ४, फोटो फेस डिजिटल स्टुडियो – सटर नं ५ मा भाडा लिएर आफ्नो ब्यापार गर्दै आइरहेका छन ।




















प्रतिक्रिया