रामकुमारी र किसान श्रेष्ठ एमालेमा फर्किँदै, झलनाथ पनि सम्वादमा

,काठमाडौं : एकीकृत समाजवादी (एस) का महासचिव घनश्याम भुसालको समूह पनि विभाजित भएको छ। त्यही समूहमा रहेका नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठ भोलि पत्रकार सम्मेलन गरेर एमालेमा फर्किने घोषणा गर्ने किसान श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।श्रेष्ठले एमालेमा फर्किने तयारीका लागि पत्रकार सम्मेलन गर्न लागिएको बताए। उनीहरूले समूहले भोलि बसेरा होटलमा पत्रकार सम्मेलन आयोजना गर्दै छन्। बिहान १० बजे पत्रकार सम्मेलन गर्ने झाँक्रीले उल्लेख गरेकी छिन्।झाँक्रीले भनेकी छन्, ‘विकास र समृद्धिको मार्गमा अगाडि बढ्न लिने बाटो कस्तो हुन्छ? भन्ने सन्दर्भमा विचार विमर्श गर्न, नेकपा (एकीकृत समाजवादी) मा आबद्ध क्रान्तिकारी साथीहरूले पत्रकार सम्मेलनको आयोजना गरेका छौँ।’

Advertisement

झाँक्रीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै राष्ट्रियता, प्रजातन्त्र, सामाजिक न्याय, विकास र समृद्धिको दिशामा अघि बढ्न,  सैद्धान्तिक र वैचारिक दृष्टिकोण मिल्ने राजनीतिक शक्तिहरू एक ठाउँमा आउन आवश्यक रहेको बताएकी छिन्। उनले त्यसका लागि आफूहरू लामो समयदेखि निरन्तर यो अभियानमा संघर्ष गर्दै दाबी पनि  गरेकी छिन्। त्यस क्रममा उनले ती संघर्ष अपेक्षाकृत निष्कर्षमा पुग्न सकेको स्वीकार पनि गरेकी छिन्। यता एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि गएराति एकले अध्यक्ष केपी शर्मा ओलीद्याई भेटेर एकताका बारेमा छलफल गरेका थिए।

Advertisement