झापा : — कनकाई नगरपालिका-४ स्थित कनकाई माई पुलपूर्व शंकास्पद वस्तु फेला परेको छ । शनिबार बिहान कालो झोलामा प्रेसर कुकर राखिएको र त्यहाँबाट तार निकालिएको अवस्थामा पूर्वपश्चिम राजमार्गको पूर्वपट्टि सो शंकास्पद वस्तु फेला परेको हो । घटनास्थलमा केहीबेरअघि प्रहरी टोली पुगेको झापा प्रहरीका सूचना अधिकारी खगेन्द्र खड्काले बताए । सो शंकास्पद वस्तु निष्क्रिय बनाउन सेनाको चाराआलीस्थित अरिदमन गणको डिस्पोजल टोलीलाई खबर गरिएको उनले जानकारी दिए ।उक्त वस्तु भेटिएको स्थानलाई प्रहरीले शिल गरेको छ ।



















प्रतिक्रिया