घट्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

,काठमाडौँ : कुखुराको अण्डाको मूल्य घटेको छ । मंगलबारदेखि लागु हुनेगरी नेपाल लेयर्स कुखुरापालक संघले अण्डा प्रतिक्रेट ९० रुपैयाँले घटाएको हो। ठूलो अण्डा ५६५ प्रतिक्रेट रहेकोमा मल्युघटेसंगै ४७५ रुपैयाँ कायम भएको छ। यस्तै मध्यम अण्डाको प्रतिक्रेट ४६० निर्धारण गरिएको संघले जनाएको छ।  संघका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूला फार्म बाट दररेट लिएर समर्थन मूल्य तोकिएको हो । यससँगै उपभोक्ता मूल्य प्रतिगोटा २५ बाट २० रुपैयाँमा झारिएको छ। बढ्दो जाडोसँगै उपत्यका र हिमाली भेगमा विद्यालय बन्द र गतिविधि कम भएको, पर्यटकको आगमन घट्दै गएको, अण्डाको मूल्य राम्रो पाइने आशामा कुखुरा  बिक्री नगरी अण्डा उत्पादन गरिरहेकालगायत कारणले मूल्य घटेको हो । पहिलेको तुलनामा हाल खपत कम र उत्पादन बढी भएको उल्लेख गर्दै अध्यक्ष पोखरेलले जाडो कम हुँदै गएर जनजीवन सहज भएसँगै पुनः अण्डाको माग बढ्ने बताए।

Advertisement