,काठमाडौँ : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारको मनोनयन हुने भएको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। आयोगका अनुसार बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ। आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ। आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवंउपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।



















प्रतिक्रिया