अभिलाष गुप्ता
बिरगंज १० मंसिर सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा एवम् महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र पर्सा र बिरगंज महानगरपालिकाको सन्युक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तराष्ट्रिय नारा “Towards 30 Years of the Beijing declaration and plarform for actions: UNITED End violence Against Woman” हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्दता” भन्ने नारा सहित जिल्ला पर्सा विरगंज म.न.पा.वडा नं.८ घण्टाघर चौक बाट लैङ्गिक हिसां विरुद्ध जनचेतनामुलक र्याली निकालीएको थियोे माईस्थान, आदर्शनगर, घडिअर्वा पोखरी हुदै पुन घण्टाघर चौकमा आई कार्यक्रम समाप्त भएको थियोे।
उक्त कार्यक्रमका प्रमुख अतिथी बिरगंज महानगरपालिकाको उपमेयर ईम्तियाज आलम, जि.प्र.का.पर्साका प्र.नि.विजय चौहान बिरगंज महानगर महिला बालबालिका सेवा केन्द्रका प्रमुख रन्जना पडितं, ओ.सि.एम.सि.को प्रमुख हेमा थापा, माईती नेपाल पर्सा,आफन्त नेपाल पर्सा,लाईफ नेपाल,T.P.O. नेपाल,दिव्य विकाश श्रोत केन्द्र,सामुदायिक सेवा केन्द्रका पदाधीकारीहरु,प्रतिनिधीहरु ,प्रहरी कर्मचारीहरु,विभिन्न संघ सस्थाका प्रतिनिधी संचारकर्मीहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।



















प्रतिक्रिया