नेपाल चिकित्सक संघ सचिव पदमा डक्टर विकास शाह विजयी

: माघ १० गते सम्पन्न भएको नेपाल चिकित्सक संघ नारायणी शाखाको निर्वाचनमा सचिव पदमा डक्टर विकास शाह अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धा पश्चात् विजयी हुनुभएको छ। उहाँले २०६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी डक्टर नौसाद हकले २०४ मत प्राप्त गर्नुभएको थियो। डाक्टर विकास साहको विजयलाई चिकित्सक समाजमा जेन्जी पुस्ताप्रतिको स्वरुचिको रुपमा लिएको छ। भर्खरको युवा पुस्ताबाट एउटा अनुभवी चिकित्सक पराजित हुनु देशको बदलिँदो परिवर्तनको राजनीति को असर नेपाल चिकित्सक संघमा पनि देखिएको बुझिन्छ।

Advertisement