वीरगन्ज महानगरपालिका वडा नम्बर १८ मा राजनीतिक समीकरणमा नयाँ मोड आएको छ। वडाध्यक्ष उमाशंकर तिवारी जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गर्दै आफ्ना वडासदस्यहरूसहित नेकपा एमालेमा प्रवेश गरेका छन्।
नेकपा एमालेद्वारा शनिबार वडा नम्बर १८ मा आयोजित विशेष कार्यक्रममा २०७९ को स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट निर्वाचित तिवारीले औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन्। उनको साथमा वडाका निर्वाचित वडासदस्यहरू पनि एमालेमा समाहित भएका छन्।
Advertisement
नवप्रवेशीहरूलाई पर्सा क्षेत्र नम्बर १ का एमाले उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादव, एमाले केन्द्रीय सदस्य एवं वीरगन्जका पूर्वमेयर विजय सरावगीलगायत शीर्ष नेताहरूले खादा र अबिर लगाएर स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री यादवले जननिर्वाचित प्रतिनिधिहरूको एमाले प्रवेशले पर्सा–१ मा पार्टीको संगठनात्मक शक्ति उल्लेखनीय रूपमा बढेको बताए। उनले यसको प्रभाव आगामी निर्वाचनमा स्पष्ट रूपमा देखिने दाबीसमेत गरे।
Advertisement
स्थानीयस्तरमा प्रभावशाली मानिएका वडाध्यक्ष तिवारीको निर्णयलाई वीरगन्ज–१८ मा एमालेको बढ्दो प्रभाव र जनआकर्षणका रूपमा हेरिएको छ। यस घटनाले पर्सा जिल्लाको समग्र राजनीतिक वातावरणमा थप चासो र चर्चा पैदा गरेको छ।





















प्रतिक्रिया