पूर्वमन्त्री प्रदीप यादवको उद्घोष : पर्साको चार वटै क्षेत्रमा एमालेले जित्छ, हामी जिताउँछौं

वीरगन्ज,२०माघः पर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले जनताको सुखदुखमा साथ दिदैं आएका नेता चुन्न आग्रह गरेका छन् ।

मंगलबार वीरगन्जमा आयोति नेकपा एमालेकोको शभेच्छुक पर्सा जिल्ला स्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका  यादवले भने,‘ चुनावका बेला मात्रै देखा पर्ने र अरु बेला गायब हुने नेताहरु फेरि उम्मेदवार बनेर आएका छन् । त्यस्ताहरुबाट जनता सजग हुनुह जरुरी छ । जसले जनताको हरेक सुखदुख, आपतविपतमा साथ दिदैं आएको छ, त्यस्ता उम्मेदवारलाई नै भोट दिएर जिताउनु होला।’

Advertisement

उनले यसपालिको निर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा जनताको सुखदुखमा साथ दिने नेतालाई उम्मेदवार बनाएर जनताको माझमा पठाएकाले चार वटै निर्वाचन क्षेत्रमा एमालेले जित्ने दाबीपनि गरे । उनले भने,‘ चारवटै निर्वाचन क्षेत्रमा एमालेलाई अत्याधिक बहुमतका साथ जिताउने जिम्मेवारी हाम्रो काँधमा आएको छ । हामी जिताउँछौ पनि । यो चुनावमा एमालेले नै जित्छ , संविधानपनि जोगाउँछ ।’

यादवले थपे,‘वीरगन्जसहित पर्साका विभिन्न पालिकाका जनता पानीको हाहाकारले आकुल ब्याकुल भएका बेला अहिले उम्मेदवार बनेर आएकाहरु गायब थिए । जनताको दैलोमा कहि देखा परेनन् । तर त्यसबेला म खानेपानी मन्त्री थिए । म हरेक जनताको घरघरमा पुगे । जनतालाई पानी खुवाए । त्यसकारण जनताले फागुन २१ को मतदानका दिन जनताले दुख र विपतमा साथ दिने नेता चुन्नुपर्छ ।

Advertisement