पर्सा १ का उम्मेदवार हरि पन्तद्वारा पिपरा , भेडिहाइ र सोलखपुरका मतदाताहरु संग भेटघाट

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तले पिपरा , लालपर्सा र भेडिहाइ र सोलखपुरका मतदाताहरु संग भेटघाट गरेका छन । भेतघाटको क्रममा त्यहाँका मतदाताहरुले पन्तलाइ ठाउँ ठाउँमा टीका माला र खादा लगाएर स्वागत गरेका छन । पन्तलाई स्वागत गर्दै त्यहाँका मतदाताहरुले मुलुकको अबको आशाको दियोनै रास्वपा भएको बताए । उनिहरुले यसपालीको निर्बाचनमा आफुहरु कुनै पनि हालमा पर्सा १ बाट रास्वपालाई जिताएर पठाउने बाताएका थिए ।

घरदैलोका क्रममा उम्मेदवार हरि पन्त संघ त्यहाँका स्थानीय नागरिकहरूले विभिन्न समस्या र गुनासोहरु समेत सुनाएका थिए ।

Advertisement

घरदैलो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता, स्थानीय युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

Advertisement