बिकाश पटेल, नागरिक मिडिया,माघ २८, पर्सा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका उम्मेदवार जालिम मियाको घरदैलो अभियान तीव्र गतिमा अघि बढिरहेको छ। कालिकामाइ पालिकाको वडा नं. ५ मा आयोजित कार्यक्रममा मियाको उपस्थितिमा उल्लेखनीय सहभागीता देखिएको छ।
कार्यक्रममा मियाले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, गुनासो र अपेक्षाहरू सुने। शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी र किसानका मुद्दालाई प्राथमिकतामा राख्दै मियाले “विकास र अधिकार सँगसँगै” भन्ने स्पष्ट राजनीतिक प्रतिबद्धता व्यक्त गरेपछि स्थानीयवासीको भरोसा बलियो बन्दै गएको छ।
Advertisement
वडा नं. ५ का मतदाताहरूले विगतका प्रतिनिधिहरूले जनताको आवाज संसदमा प्रभावकारी रूपमा उठाउन नसकेको गुनासो गर्दै यसपटक परिवर्तनका लागि नयाँ नेतृत्व आवश्यक भएको धारणा व्यक्त गरेका छन्। एक स्थानीयले भने, “हामीलाई भाषण होइन, काम गर्ने प्रतिनिधि चाहिएको छ। जालिम जी जनताबीच पुगेर कुरा सुन्ने नेता भएकाले हाम्रो समर्थन उहाँलाई छ।”
राजनीतिक विश्लेषकहरूले मधेशका मुद्दा, समावेशी प्रतिनिधित्व र स्थानीय विकासलाई राष्ट्रिय एजेण्डासँग जोडेर उठाउने नेकपा एमाले को रणनीति कालिकामाइ क्षेत्रमा प्रभावकारी रहेको बताएका छन्। जालिम मियाको सरल स्वभाव, पहुँचयोग्य नेतृत्व शैली र स्थानीय स्तरमै सक्रिय भूमिका मतदाताका लागि निर्णायक बन्दै गएको देखिएको छ।
Advertisement
निर्वाचन नजिकिँदै जाँदा जालिम मिया को घरदैलो कार्यक्रमले थप गति लिने र कालिकामाइ गाउपालिकासहित पर्सा–४ क्षेत्रमा नेकपा एमाले को आधार अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।





















प्रतिक्रिया