अभिलाष गुप्ता
बिरगंज ११ मंसिर बिरगंज कुम्हालटोल स्थित रेल्वेरोडमा अवस्थित श्री पन्चमुखी हनुमान मन्दिरमा बिरगंज कुम्हालटोलको युवा समूह द्वारा आज बाट साप्ताहि सामुहिक हनुमान चालीस पाठको शुभ आरम्भ गरेका छन। आज देखि प्रतेक मंगलवारको दिन बिहान ८ बजे देखी सामुहिक पाठ हुने र पाठ पछी प्रसाद बितरण हुने भनी कुम्हालटोलको युवा समूहका सदस्य दिपक कुमार गुप्ताले जानकारी दिनु भएको छ। सनातन धर्म जोगाउन लाई हिन्दुतवहरु लाई जगाउन हामी हिन्दु हिन्दु एक हौं भन्ने उदेश्यका साथ यो साप्ताहि सामुहिक हनुमान चालीस पाठको शुभ आरम्भ गरेका अर्को सदस्य प्रबिन मालीको कथन थियोे।सो कार्यक्रममा अमर सराफ, मन्दिप प्रसाद साह र श्रधालु भक्तजनहरुको उल्लेखनीय उपस्थितिमा सामुहिक हनुमान चालीस पाठ सम्पन्न भएको थियोे ।



















प्रतिक्रिया