अभिलाष गुप्ता
बिरगंज ११ मंसिर ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर द्वारा स्वागत तथा परिचात्मक कार्यक्रम सम्पन्न भयो। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र ग्रिन सिटिको आयोजनामा बिरगंजको आदर्शनगरमा स्थित ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले आफ्नै कार्यालयमा जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भई आउनु भएका प्रहरी नायब उपरीक्षक किशोर लम्साल लाई स्वागत तथा परिचात्मक कार्यक्रम सम्पन्न गरिएको हो। सो कार्यक्रम का प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्साल हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा
रुँगटा वेयल फेयर सोसाइटी वीरगंज पर्साका अध्यक्ष सुरेश रुँगटाको आतिथ्यमा एवम् ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। अध्यक्ष जयप्रकाश खेतान एवम् आदर्शनगरमा स्थित ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी तथा आजिवन सदस्यहरुले फुलको गुच्छा एवं फुलको माला लागाई स्वागत गरेका थिए।कार्यक्रममा सुरक्षा निकाय , समाज सेवी, नागरिक समाज, संचारकर्मीहरु एवं यस केन्द्रका पदाधिकारीहरु लगायतकाहरुको उल्लेखनीय उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रममा
राकेश अग्रवाल ,बसन्त प्रसाद उपाध्याय प्र.ब.ह. प्रेम राम , प्र. ह. वीरेन्द्र साह, प्र. ज.अमर सि साउद ,प्र. ज. लक्षण आलेमगर लगाएतकाहरुको पनि उपस्थिति रहेको थियो।



















प्रतिक्रिया