पर्सा–४ का एमाले उम्मेदवार जालिम मियाँ द्वारा छिपहरमाइ-३मा घरदैलो तथा मतदाता भेटघाट सम्पन्न

बिकाश कुमार पटेल, पर्सा १५ फाल्गुन : 
पर्सा क्षेत्र नं. ४ का नेकपा एमालेका उम्मेदवार जालिम मियाँ ले आज शुक्रबार पनि घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन। मियाँ ले शुक्रबार छिपहर्माइगाउँपालिका वडा नं. ३ अन्तर्गत मिर्जापुर, झलमैया,गुडगाई, जयमङलापुर क्षेत्रमा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन।
मियाँले जनतासँग सिधा संवाद गर्दै आफू चुनावका बेला मात्र देखिने नेता नभई सधैं जनताको दुख,सुखमात साथ दिने नेता भएको उल्लेख गरे । “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने, “अझै बाँकी रहेका विकासका काम पूरा गर्न तपाईंहरूको साथ चाहिन्छ।
घरदैलो कार्यक्रममा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता, धोबीनी गाउँपालिकाका पुर्व अध्यक्ष सुरेश प्रसाद कुर्मी,पुर्व उपाध्यक्ष पारस प्रसाद कुर्मी, पुर्व वडाअध्यक्ष मजिद मियाँ,नन्दलाल कुर्मी , पुर्व गाविस अध्यक्ष अमिका पटेल,हरी पटेल, सदाम हुसेन, सुनिल साह कानु , बिरेन्द्र साह,लगाएत धेरै कार्यकर्ता तथा पार्टी समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले पर्सा–४ को समग्र विकासका लागि अनुभवी र जनतासँग नजिक रहेको नेतृत्व आवश्यक रहेको बताउँदै एमाले उम्मेदवार जालिम मियाँ लाई विजयी बनाउन एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Advertisement