७१औं क्षयरोग नियन्त्रण दिवस वीरगंजमा पनि मनाइयो

 

अभिलाष गुप्ता
वीरगंज १३ मंसिर ।आज ७१औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसरमा बिहीवार क्षयरोग सक्रिय खोज पडताल क्षयरोग अन्त्यको आधार नाराका साथ नेपाल क्षयरोग निवारण संस्था, पर्सा शाखाले कार्यक्रम सम्पन्न गरेको छ ।
माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयको कक्षामा छात्रछात्राहरुलाई क्षयरोग नियन्त्रण दिवसको उपलक्ष्यमा कार्यक्रम गरिएको थियो ।
नेपाल क्षयरोग नियन्त्रण संस्थाका सदस्य शम्भुप्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब मेट्रोसिटीका अध्यक्ष अशोक बेरिवाल, सुदेश लाखे, नरोत्तम पाण्डे लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण उमेशकुमार गुप्ताले गरेका थिए ।

Advertisement