अभिलाष गुप्ता
बिरगंज १४ मंसिर जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादव द्वारा आज शुक्रबारको दिन पोखरा नगरपालिकामा जापान सरकारको अनुदान सहयोगमा नेपाल खानेपानी संस्थान अन्तर्गत पोखरा खानेपानी सुधार आयोजनाका संरचनाहरूको उद्घाटन सम्पन्न भएको छ।
यस परियोजनाले पोखरा क्षेत्रका नागरिकहरूलाई स्वच्छ, सुरक्षित, र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउँदै जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुगने मन्त्री यादवको भनाई थियो।
जापान सरकार र नेपाल सरकारबीचको यो सहकार्यले विकास निर्माणका परियोजनाहरूलाई समयमै सफलतापूर्वक सम्पन्न भएको हो।
। यसका लागि जापान सरकारप्रति हार्दिक आभार व्यक्त गर्दै भविष्यमा पनि सहकार्य जारी राख्न उनले आग्रह समेत गरेका थिए। खानेपानीका क्षेत्रमा थप सुधारका लागि हाम्रो प्रतिबद्धता जारी रहनेछ उनको भनाई थियो।



















प्रतिक्रिया