नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको मधेस प्रदेश स्तरीय भेला सम्पन्न

 

अभिलाष गुप्ता
बिरगंज १५ मंसिर नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) मधेस प्रदेशको आयोजनामा मधेस प्रदेश स्तरीय भेला सम्पन्न भएको छ। सो भेला मधेस प्रदेशको स्थानीय होटल ‘क्लासिक बैंक्वेट’ मा आयोजना गरिएको थियो।

Advertisement

भेलाको उद्घाटन नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन मधेस प्रदेशका अध्यक्ष रामानन्द कुशवाहाको अध्यक्षतामा र डिएलएका केन्द्रीय अध्यक्ष श्रीराम केसीको प्रमुख आतिथ्यमा भएको हो। कार्यक्रममा नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष गोपालकृष्ण घिमिरे, डिएलएका पूर्व केन्द्रीय अध्यक्ष उपेन्द्र केशरी न्यौपाने, भोगेन्द्रप्रसाद अधिकारी, नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुधीर कर्ण, केन्द्रीय सचिव शिवप्रसाद रेग्मी, नेपाल बार एसोसिएसन उच्चका अध्यक्ष विशाल चौधरी, पर्साका अध्यक्ष कमलमोहन पोख्रेल, उच्चका पूर्व अध्यक्ष सालीग्रामप्रसाद, अभयदास थारू, रामचन्द्र गौतम, सूर्यबहादुर ओली, र महासचिव सत्यनारायण साहलगायतले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य केन्द्रीय सदस्य प्रज्वल अधिकारीले व्यक्त गरेका थिए। भेलामा मधेस प्रदेशका साथै देशभरका अधिवक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Advertisement