१७ मंसिर रौतहट । रौतहटको गुजरा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजजित चौधरी बाघको आक्रमणबाट घाइते भएका छन् ।चौधरीको वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोध्या अस्पतालमा उपचार भइरहेको छ । उपचार गराइरहेका वडा अध्यक्ष चौधरीलाई भेटेर आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले स्वास्थ्य लाभको कामना गरेका छन् ।वडा अध्यक्ष चौधरीका छोरी मधु चौधरीका अनुसार शनिबार बाघले आक्रमण गरेको थियो । हात, टाउँकोसहित शरिरको बिभिन्न अंगमा बाघले आक्रमण गरेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो ।सुरुमा स्थानीय बौराही चौधरीलाई बाघले आक्रमण गरेको थियो । बौराहीले गुहार माग्दै अस्पतालसम्म जान वडा अध्यक्ष चौधरीसँग एम्बुलेन्स माग गरेका थिए । बौराहीका छोराले अस्पताल पुर्याइदिन भनेपछि अस्पतालको व्यवस्था गरेर उनलाई अस्पताल पुर्याइएको थियो ।त्यसपछि वडा अध्यक्ष अन्य केही व्यक्तिहरुलाई लिएर सो क्षेत्रमा अनुगमनका लागि पुगेको छोरी मधुले जनाएकी छन्। अनुगमन गर्ने क्रममा वडा अध्यक्षलाई पुन: बाघले आक्रमण गरेपछि उनी घाइते भएका थिए ।



















प्रतिक्रिया