सामुदायिक प्रहरी सेवा कुम्हालटाेल र वडा प्रहरी कार्यालय बिर्ता द्वारा लागु औषध दुर्व्यशनी तथा ओसार पसार सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
बिरगंज २० मंसिर बिहीवारको दिन सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटाेल र वडा प्रहरी कार्यालय बिर्ता द्वारा लागु औषध दुर्व्यशनी तथा ओसार पसार सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। बिरगंज स्थित कुम्हालटाेल मुनलाइट स्कुलमा सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। सो कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा कुम्हालटाेल साबित्री भुमिहारले गरेका थिए।

Advertisement

कार्यक्रम का प्रमुख अतिथि वडा प्रहरी कार्यालय पर्सा बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं उपस्थितिमा सम्पन्न भएको थियोे विशिष्ट अतिथिमा मुनलाइट स्कुलका डाइरेकटर श्याम केसी ,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह,संचारकर्मी सन्तोष रन्जितकार,अभिलाष गुप्ता, कंचनजङ्गा स्कुलका डाईरेक्टर माटिन मोक्तान लगाएतकाहरुको उपस्थित रहेको थियो।

यस सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका पदाधिकारी , सुशील बर्णबाल , तारा बिष्ट, ज्ञानमाया रायमाझी, सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका प्रहरी हवल्दार कुमार बिक, प्रहरी हवलदार दिलिप कोईरीको पनि उपस्थिति रहेको थियो।

Advertisement

वडा प्रहरी कार्यालय पर्सा बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार लागुऔषध दुर्व्यशनी कुलतमा परे पछी शारीरिक तथा मानसिक असरहरु हुन्छ, विभिन्न किसिमका बिमारीहरु लाग्न सक्छ ,समाजिक मानमर्यादाको हनन हुन्छ। समाजमा इजत समेत पाउदैन भन्ने विषयमा थुप्रै कुराहरुको प्रशिक्षण दिनु भएको थियो।

लागु औषध दुर्व्यशनी तथा ओसार पसार मेडिसिटिका बारेमा कंचनजङ्गा स्कुलका डाईरेक्टर माटिन मोक्तानले पनि प्रशिक्षण दिनु भएको थियो भने कार्यक्रम सहजीकरण सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका सचिव श्रवणबहादुर रायमाझीले गरेका थिए।

Advertisement