बीरगंजमा नया लायंस क्लब बीरगंज सुप्रीम को शुभारम्भ बैनर प्रस्तुत भयो

 

Advertisement

अभिलाष गुप्ता

बिरगंज २३ मंसिर बीरगंजमा नया लायंस क्लब बीरगंज सुप्रीम को शुभारम्भ बैनर प्रस्तुत भयो लायंस क्लब बीरगंज मेट्रोसिटी अध्यक्ष अशोक बेरीवाल को सफल अगुवाई मा समाजसेवा प्रेमी समूह सम्म्मेलित भएका थिए।

Advertisement

डिस्ट्रिक्ट गवर्नर ताशी डॉलमा तुसफानग्मेको अध्यक्षतामा हेटाैड़ामा सम्पन्न दोश्रो कैबिनेट बैठकमा प्रमुख अतिथि भूत पुर्व अंतराष्ट्रीय निर्देशक ई.संजय खेतानले प्रसंशा व्यक्त गर्दै विश्वव्यापी समाजिक संस्थाको लक्ष्य १.५ मा सघायु पुगने अभिव्यक्ति दिनु भएको थियोे।

सो कार्यक्रममा भूत पुर्व गवर्नरहरु वरिष्ठ लायन डा. आर पी. खेतान, रमेश अग्रवाल, अमर बहादुर श्रेष्ठ,डी. एन.अग्रवाल, कैबिनेट सचिव, कोषाध्यक्ष, बासु तिमिलसीना, श्याम गुप्ता, नरोत्तम पाण्डेय, विनीत जायसवाल, संस्कृति गोल्डकी अध्यक्ष रितिका जायसवाल, मीनाक्षी करमाचार्य, डा. लक्ष्मी थापा, उमेश साह कानू, उमेश शर्मा,संदीप, शाक्य, अंकिता सुमार्गी, वाईस गवर्नर बिनय बस्नेत, आर बी पाण्डे,बिमल कुमार जैन,कपिल खरेल,संगिता प्याकुरेल लगाएतहरुको पनि उपस्थिति रहेको थियो भने काठमांडाै,हेटाैड़ा ,अमलेखगंज, जितपुर, बीरगंजका लायंस, लियो, महिला एवम् पुरुषहर, समाजसेवीहरु एवम् संचारकर्मीहरु गरि लगभग १ सय ५० जनाहरुको उपस्तिथि रहेको थियो ।

Advertisement

सो समारोहमा सेवा गर्ने लायंसहरुलाई अंतराष्ट्रीय, राष्ट्रीय, पद क, प्रशांशापत्र प्रदान गरि सम्मान गरिएको थियो।