भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न
राजेन्द्र सिंह,असार १९ पर्सा । नेपाल भोजपुरी समाजले वीरगञ्जको चिल्ड्रेन वल्र्ड मा बिमा भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न गरेको छ । समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा ७का सुशान्त मण्डल मौलिक गीतिकलामा प्रथम एवम् कक्षा ८की स्नेहा साह बक्तृत्वकला प्रथम भएको कार्यक्रमका निर्णायक स्थानिय कलाकार अजमतअलि अंसारीले जानकारी दिनु भयो । यसै बिच, भोजपुरी शब्दकला बिषयक रोमाञ्चक प्रतियोगीतामा अधिकांश विद्यार्थी सहभागी भएको नेपाल भोजपुरी समाजका सल्लाहाकार मनोज कुमार मिश्रले बताए । उक्त प्रतीयोगीता चिल्ड्रेन वल्र्ड मा बिका संचालक तथा प्र.अ.सुमन दास एवम् सिम्रन दासको संयुक्त अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा शिक्षिका रोसनी साह, मुस्कान अग्रवाल तथा शिक्षक नरेन्द्र चौरसियाले सहयोग गरेका थिए । नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी तथा अजमतअलि अंसारीको गीति प्रस्तुतीले विद्यार्थीहरु निकै उत्साहित भएका थिए ।















प्रतिक्रिया