
अभिलाष गुप्ता
बिरगंज २३ मंसिर नेवाः देय दबु बीरगंज महानगर कमिटीको दोस्रो वार्षिक तथा साधारणसभा सम्पन्न भएको छ। नेवाः देय दयु वीरगंज महानगर कमिटीका अध्यक्ष सत्यम खडगीको अध्यक्षतामा २५ सदस्य नेवाः देय दयु बीरगंज महानगर कमिटी चयन भएको छ।
Advertisement
वरिष्ठ उपाध्यक्ष जुलुम खडगी, उपाध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ, महिला उपाध्यक्ष प्रतिज्ञा बैध, सचिव राजेश बहादुर श्रेष्ठ, महिला सचिव सबन श्रेष्ठ, कोषाध्यक्ष सवना श्रेष्ठ सदस्यहरु सरस्वती श्रेष्ठ, अरविन्द श्रेष्ठ लगायत रहेका छन् । नेवाः देय दबु केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख चन्द्रलाल भन्डारीको प्रमुख आतिथ्यमा सो वार्षिक तथा साधारणसभा सम्पन्न भएको हो ।
उदघाटन समारोहमा मधेस प्रदेश अध्यक्ष तिलक श्रेष्ठ केन्द्रीय परिषद् सदस्य संजय जोशी ,जिल्ला अध्यक्ष तारामान पति,मधेस प्रदेश सदस्य रोशनी श्रेष्ठ संस्थापक जिल्ला अध्यक्ष सुन्दर श्रेष्ठ लगायतको उपस्थित रहेको सचिव राजेश बहादुर श्रेष्ठले जानकारी दिनुभएको थियोे भने प्रभात महाजु
सुशिल श्रेष्ठ ,उमेश श्रेष्ठ, दिनेश कुमार जोशी ,जुली श्रेष्ठ ,बबिता श्रेष्ठ,सरस्वति श्रेष्ठ, प्रेमा श्रेष्ठ, रमेश खड्गी
रोशन बैद्य, रोशनी मानन्धर श्रेष्ठ लगाएकाहरुको पनि उपस्थिति रहेका थिए।



















प्रतिक्रिया