रवि लामिछानेलाई अनुसन्धानका लागि आज बिरगंज ल्याइदै

 

अभिलाष गुप्ता
बिरगंज २४मंसिर बिरगंजको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको विषयमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई आज बिरगंज ल्याइदै छ।

Advertisement

सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई गत बुधबार पर्सा जिल्ला अदालतले अनुमति दिएको थियाे । लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोर्खा मिडिया नेटवर्क प्रालिमा सानाे पाइला सहकारीबाट करिब ८ करोड रुपैयाँ गएको थियो ।
सहकारीको रकम हिनामिना प्रकरणमा हाल जिल्ला प्रहरी कार्यालय कास्कीकाे हिरासतमा रहेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई साेमबार हवाई मार्गबाट पाेखराबाट काठमाडौं लगिने छ। त्यहाँबाटपनि हवाई मार्ग हुँदै बाराकाे सिमरा विमानस्थलमा ल्याएर सिमरा विमानस्थलबाट स्थलमार्ग हुँदै बिरगंज ल्याउन लागिएको हाे।

यता पर्साका प्रहरी उपरीक्षक कुमाेध ढुंगेललेपनि लामिछानेलाई आज बिरगंज ल्याउने तयारी रहेकाे बताए ।समय भने निश्चित नभएको उनले बताए ।

Advertisement

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमै पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने साेमबार बिहानै पाेखराबाट बिरगंज ल्याइ पुर्याईएको उनले बताए ।
दुवै जनालाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै साेमबार बिहान बिरगंज ल्याइएको ढुंगेलले बताए ।
बिरगंज स्थित जिल्ला सरकारी वकिलको कार्यालयमा उनिहरुको बयान लिइने र त्यसपछि उनिहरुलाई पोखरा फर्काइनेछ ।

Advertisement