अभिलाष गुप्ता
बिरगंज २४ मंसिर कटुवा पेस्तोलसहित १ जना पक्राउ
सर्लाही । १ थान कटुवा पेस्तोलसहित सर्लाहीबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बलरा नगरपालिका- ६ मिर्जापुरका १९ वर्षीय गोलु भन्ने धर्मजीतकुमार सहनी छन् ।
Advertisement
उनलाई १ थान कटुवा पेस्तोलसहित आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बलरा नगरपालिका- ६ स्थित गढीमाई मेलामा झै-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गडहिया र इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ



















प्रतिक्रिया