प्रधानमन्त्री ओलीले गरे खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन लगभग २७ हजार जनालाई घर परिवार लाभान्वित हुने

अभिलाष गुप्ता
बिरगंज २४ मंसिर प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको वेलडाँगी खानेपानी तथा सरसफाई आयोजनाको औपचारिक उद्घाटन गरेका छन् । झापाको दमक नगरपालिका स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटनपछि सम्बोधन गर्ने क्रममा उनले विकास निर्माणका काममा एक हुनुपर्ने बताए ।
उनले झापाका जनताकै भोटबाट फेरि प्रधानमन्त्री भएको भन्दै विश्वमा झापावासीको नाम राख्नेमा ढुक्क रहन पनि आग्रह गरे ।

‘तपाईंहरूको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।’ साथै, उनले बाँदरले जस्तो आफ्नो र अर्काको घर पनि भत्काउने गरेर देश नबन्ने दाबी गरे ।

Advertisement

‘देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउने गरेर देश बन्दैन,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले ले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, संचार, उद्योग र सरसफाइ आदिका अभियान संचालन गर्ने बताए ।

जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने उनले बताए ।यो ऐतिहासिक अवसरमा खानेपानी मन्त्री प्रदीप यादवले स्थानीय नागरिकहरूसँग आफ्नो अनुभव बाँड्दै आयोजना सफलतापूर्वक सम्पन्न भएकोमा गर्व र खुशी व्यक्त गरेका छन।

Advertisement

नेपाल सरकारको ९० प्रतिशत र स्थानीय उपभोक्ता समितिको १० प्रतिशत साझेदारीमा उक्त आयोजना निर्माण गरिएको उनले बताए । खानेपानी मन्त्री यादवले भने, “यो आयोजनाले एक घर, एक धारा भन्ने हाम्रो राष्ट्रिय लक्ष्यलाई साकार बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ । यस आयोजनाले स्थानीय नागरिकहरूको जीवनस्तर उकास्न आधारशिला बन्ने विश्वास लिएको छु ।”उनले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर, वेलडाँगी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, दमक नगरपालिका, निर्माण व्यवसायी, र यस आयोजनामा संलग्न सबैको योगदानप्रति आभार व्यक्त गरेका थिए।

Advertisement