अभिलाष गुप्ता
बिरगंज २४ मंसिर । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा मधेश प्रदेशबाट चौतारी र युनियनको साझा उम्मेदवार श्याम बन्जाराले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले आफ्ना समर्थकहरूको साथमा उम्मेदवारी दर्ता गराउँदै महासंघलाई थप सशक्त र समावेशी बनाउन आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।
श्याम बन्जारा अहिले नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका महासचिवको भूमिकामा छन् । यसअघि उनले पर्सा शाखाको अध्यक्षको जिम्मेवारी सम्हालीसकेका छन् ।
Advertisement
करिब दुई दशक लामो पत्रकारिता अनुभव बोकेका बन्जारा हाल जनभण्डाफोर दैनिक र च्वाइस खबरका अध्यक्ष तथा प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन् भने उनी माई टेलिभिजनको प्रधान सम्पादक पनि हुन् । उनको उम्मेदवारी दर्ताका क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, प्रेस काउन्सीलका सदस्य लालबाबु शेख लगायत पर्साका पत्रकारहरूको उपस्थिति रहेको थियो । यसले बन्जाराको उम्मेदवारीलाई थप बलियो बनाएको देखिन्छ ।
मधेश प्रदेशमा चौतारी र युनियनको साझा उम्मेदवारीका रूपमा अघि सरेका श्याम बन्जाराले प्रदेशको पत्रकारिता क्षेत्रको विकास र पत्रकारहरूको हकहितका लागि आफ्नो प्रतिबद्धता दोहोर्याउँदै महासंघलाई थप प्रभावकारी बनाउनु पर्ने भनाई थियोे।



















प्रतिक्रिया