रविलाई बिरगंज ल्याँइदै, जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि समर्थकको प्रदर्शन

 

 

Advertisement

अभिलाष गुप्ता
बिरगंज २४ मंसिर रबि लामिछानेलाई बिरगंज ल्याउने भएपछि रास्वपाका कार्यकर्ताहरुले आज जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शन गरेका छन् ।

रास्वपा पर्साको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रास्वपाका सभापति रबि लामिछानेलाई रिहाईको माग गर्दै प्रदर्शन गर्ने भएका हुन् । रबि लामिछानेको समर्थनमा प्रदर्शन गर्न रास्वपाको स्थानीय तहदेखिका नेता कार्यकर्ताहरु अहिले भेला भएका छन् ।

Advertisement

रबि लामिछानेलाई पर्सा ल्याउने क्रममा जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शनमा आउन सबै नेता कार्यकर्ताहरुलाई आह्वान गरिएको रास्वपा पर्साका संयोजक हरि पन्तले बताए ।

 

Advertisement