
अभिलाष गुप्ता
बीरगंज २४ मंसिर बिरगंज महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी अरबिन्दलाल कर्णले पाउनुभएको छ ।महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख रहेका कर्णलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएसँगै कर्णले आजै पदभार भएको छ ।आज एक कार्यक्रमकाबीच महानगरप्रमुख राजेशमान सिंहले कर्णलाई कार्यकाल सफलताको शुभकामना सहित प्रमुख प्रशासकीय अधिकृतको रुपमा स्वागत गर्नुभएको छ ।
Advertisement
बिरगंज महानगरपालिकामा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराईको सरुवा भएसँगै महानगर प्रमुख प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा गएको एक महिना देखि महानगरपालिकाको आर्थिक कारोबार ठप्प भएसँगै आवश्यक कामकारवाही समेत प्रभाबित हुदै आएको थियो ।
कर्णले आजबाट कार्यभार सम्हालेसँगै महानगरका सम्पुर्ण गतिबिधि एक दुई दिन भित्रैमा सामान्य रुपमा हुने छ ।



















प्रतिक्रिया