Advertisement
अभिलाष गुप्ता
बिरगंज २५ मंसिर मधेश प्रदेशको बारा जिल्लास्थित लाग्ने पँचबर्षिय मेला गढीमाई दर्शन गरेर घर फर्किदै गर्दा स्कोरपियो दुर्घटना भएको छ ।
गएराती गढीमाई दर्शन गरेर सिरहा फर्किदै गर्दा स्कोरपियो दुर्घटना हुँदा ८ जनाको मृत्यू भएको छ । दुर्घटनामा ४ जना गम्भिर घाईते भएका छन् ।
Advertisement
Advertesmentad
शक्तिपीठ दर्शन गरी घर फर्किरहेको बेला रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा बालबालिकासहित ४ जना घाइते छन् । गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई रोडबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिए ।
Advertisement
दुर्घटनामा परी सिराहा अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र ४० वर्षीय स्कर्पिओ चालक श्रीकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । घाइते ४ जनाको उपचार भइरहेको छ ।
मृतक मध्ये अधिकांशको सनाखत हुन सकेको छैन । ‘गढीमाई दर्शन गरेर घर फर्कँदै गर्दा स्कर्पियो सडकबाट तल खसेर रुखमा ठोक्किए पछि पल्टिएको डिएसपि राईले बताए ।




















प्रतिक्रिया