अपडेट रौतहट स्कर्पियो दुर्घटनामा ज्यान गुमाउने आठ जनाको परिचय खुल्यो

 

अभिलाष गुप्ता
बिरगंज २५ मंसिर रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार-लमाहा खण्डमा भएको स्कर्पियो दुर्घटनाका मृतकको परिचय खुलेको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका ८ जनाको परिचय खुलेको हो ।

Advertisement

चन्द्रपुर-४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडकबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा चालकको पनि मृत्यु भएको छ ।

दुर्घटनामा परी सिराहा अर्नामा गाउँपालिका-३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र ४० वर्षीय स्कर्पिओ चालक श्रीकुमार यादवको मृत्यु भएको हो ।

Advertisement

दुर्घटनामा अर्नामा ३ कै ३० वर्षीया राधा राम, सोही ठाउँका उमेश रामका २ वर्षीय छोरा आर्यन राम, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र ६० वर्षीया कन्यादेवी महरा घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । मृतकको शव अहिले चन्द्रपुरस्थित सरकारी अस्पतालको शव गृहमा राखिएको छ ।

Advertisement