मन्त्री राजकुमार गुप्ता द्वारा सङ्घीय निजामती कर्मचारी ऐन संशोधन माथि छलफल शुरू

अभिलाष गुप्ता
बिरगंज २५ मंसिर काठमाण्डौ सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती कर्मचारी ऐन संशोधनका लागि परेको विधेयक माथि छलफल शुरू भएको बताउनुभएको छ ।

Advertisement

हिजो चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले आइतवारदेखि संशोधनकर्ता सांसदसँग राज्य व्यवस्था समितिमा छलफल शुरू भएको बताउनुभयो । उहाँका अनुसार हिजोसम्म सात जनासँग छलफल भइसकेको छ ।

एक हजार पाँच सय ८३ वटा संशोधन परेको छ । सबै विषयमा नियमित छलफल हुने उहाँले बताउनुभयो । आउँदो अधिवेशनमा ऐन संशोधनका लागि संसदमा पेश गर्ने गरी सरकारले काम गरेको उहाँले बताउनुभयो ।

Advertisement

नौ वर्षदेखि अड्किएको विधेयकको टुङ्गो लागेपछि कर्मचारीको मनोवल बढ्ने र वृत्ति विकासमा सहयोग पुग्ने उहाँको भनाइ थियोे।

Advertisement