७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस बिरगंजमा पनि विभिन्न मानवअधिकारवादी संघ संस्थाहरु द्वारा मनाईयो

 

अभिलाष गुप्ता
बिरगंज २५ मंसिर एम्नेष्टी इन्टरनेसनल नेपाल ग्रुप -१६ बिरगंज द्वारा ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आदर्शनगरको ग्रीनसिटिमा र बिरगंजको घन्टाघर पुगि मैनबति बालीएको थियोे। सो अवसरमा विभिन्न मानवअधिकारवादी संघ संस्थाहरु द्वारा घन्टाघर पार्कमा मैनबतिबालीएको थियोे। मंसिर एम्नेष्टी इन्टरनेसनल नेपाल ग्रुप -१६ बिरगंज ,माईती नेपाल पर्सा,महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा ,आफन्त नेपाल,बिरगंज महानगरपालिका लगाएतका संस्थाहरु द्वारा मैनबति बालिएको थियोे।

Advertisement

एम्नेष्टी इन्टरनेसनल नेपाल ग्रुप -१६ बिरगंजका अध्यक्ष प्रकाश बाहेतीका अनुसार प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ।१९४८ मा सन्युक्त रास्ट्रसंघको महासभाले मानव अधिकार घोषणा पत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो।

कार्यक्रमको अध्यक्षता एम्नेष्टी इन्टरनेसनल नेपाल ग्रुप -१६ का संयोजक राजेश जैनका अनुसार आज डिसेम्बर १० तारिख विश्वभर विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरणमा यो दिवस हरेक वर्ष विशेष उत्साहका साथ मनाउने गरिन्छ। यस वर्षको दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ भन्ने नाराका साथ यो दिवस मनाइएको हो।

Advertisement

एम्नेष्टी इन्टरनेसनल नेपाल ग्रुप -१६ बिरगंजका सचिव रजनिश झा,कार्यकारी सदस्य सुनिल महतो,बृजेश टेमानी, नरेश साह,बिजय साह लगाएतकाहरुको उपस्थिति रहेको थियो।

Advertisement