अभिलाष गुप्ता
बिरगंज २६ मंसिर पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई आज पोखरा फर्काइने भएको छ ।मंगलबार दिनभर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, पर्सामा रविसँग बयान लिएको छ । सरकारी वकिलको रोहवरमा बिहान १० बजे नै बयान लिन थालेको थियो । अपरान्ह साढे २ बजेसम्म बयान चलेको थियो ।बिरगंजको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रविलाई सोमबार पोखराबाट काठमाडौँ हुँदै वीरगञ्ज ल्याइएको थियो । पोखराबाट काठमाडौँ र काठमाडौँबाट सिमरासम्म उनलाई हवाईमार्गबाट ल्याइएको थियो ।
अहिले उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको छ ।लामिछानेमाथि ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ।यसै प्रकरणमा अनुसन्धानमा रहेका पूर्वडीआईजीसमेत रहेका छविलाल जोशीलाई मंगलबार नै पोखरा फर्काइएको छ। उनको बयान सोमबार लिइएको थियो । रविका व्यावसायिक साझेदारसमेत रहेका बन्जाडेलाई आइतबार बेलुका पोखराबाट स्थलमार्ग हुँदै बिरगंज ल्याइएको थियो ।
Advertisement



















प्रतिक्रिया